फाइल फोटो
संसदको बैठक सुरु हुनेबित्तिकै सांसद अकवाल अमशद साहले मधेसी जनताको माग र भावनालाई सरकारले सम्बोधन गर्न नचाहेको र अधिकार दिन नचाहेको भन्दै गुनासो गरे ।
संविधान निर्माणको क्रमदेखि नै आफूहरुले उठाउँदै आएका मागमाथि पटक–पटक धोका भएको र सरकारले संसदमा प्रस्तुत् गरेको संविधान संशोधन प्रस्ताव अपूर्ण रहेको उनले बताए ।
उनको सो धारणालगत्तै मधेसकेन्द्रित दलका सांसदहरुले बैठक बहिस्कार गरेका थिए ।
निर्वाचनको वातावरण बनाउन आग्रह
व्यवस्थापिका–संसदको बिहीबारको शून्य समयमा सांसदहरुले स्थानीय तथा राष्ट्रिय समस्याका विषयमा सदन र सरकारको ध्यानाकर्षण गराए ।
उनीहरुले सरकारबाट यही वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा राजनीतिक समस्या समाधान गरी निर्वाचनको वातावरण बनाउन आग्रह सबैसँग गरे ।
यसरी आग्रह गर्नेमा शिवचन्द्र चौधरी, सकलदेव सुतियार थिए । रासस





प्रतिक्रिया दिनुहोस्