३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


‘सिड्नीका रेल स्टेसनहरु खतरापूर्ण बन्दै’


0
Shares

अनुसन्धानकर्ताहरुले तयार पारेको प्रतिवेदनमा इपिङ, स्ट्राथफिल्ड र उत्तरी सिड्नीका रेल स्टेसनहरुमा बनाइएका भौतिक संरचनाहरु पर्याप्त र आवश्यकताअनुसार नभएको उल्लेख गरिएको छ ।

सिड्नी विश्वविद्यालयका यातायात र आपूर्ति व्यवस्थापन विज्ञ जोफ्री क्लिफ्टनले सहायक सहरहरुमा मान्छेहरुको आवत–जावत बढी भएर मान्छेहरुको भीडभाड बढेकाले गुणस्तरमा ह्रास आउन थालेको बताए ।

उनले भने–‘अत्याधिक धेरै मान्छेहरुले रेलको प्रयोग गर्दछन्, अत्याधिक भीडभाडका कारण उनीहरु आफैं आजित भएका छन् ।’ यसलाई कम गर्न अबदेखि नै धेरैकाम एकपछि अर्को गर्दै जानुपर्ने उको भनाइ छ ।

‘अत्याधिक भीडभाडको समस्याको सिधा समाधान भनेको अर्को रेलमार्ग बनाउनु हो, तर यो बनाउन धेरै समय र खर्च लाग्छ’–उनले भने ।

यात्रीहरु रेलमा चढ्ने, बस्ने, ओर्लिने, रेल कुर्ने आदि कार्यमा केही सुधार गर्न सकिनेजस्तो देखिने उनले बताए ।

अत्याधिक धेरै जनसंख्या बढ्दै जानु र एउटै मान्छेले पनि पटक–पटक रेल प्रयोग गरिरहनुपर्ने कारण पनि समस्या उत्पन्न भएको उनको भनाइ छ । रासस/सिन्ह्वा