२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


एमाले बैतडीले ४० वडाको उम्मेदवारको टुंगो लगायो


0
Shares

स्थानीय तहको पुनःसंरचनाअनुसार जिल्लामा रहेका चार नगरपालिका र ६ गाउँपालिकाका ८४ वडामध्ये ४० वडामा उम्मेदवारको टुंगो लगाएको एमाले बैतडीले जनाएको छ ।

यस्तै, सुर्नया गाउँपालिकामा अध्यक्षको उम्मेदवारमा नरेन्द्र विष्ट छानिएका छन् भने दोगडाकेदार गाउँपालिकामा चक्र कार्कीको नाम घोषणा गरिएको छ ।

एमाले प्रचार–प्रसार उपप्रमुख शेरबहादुर चन्दले अन्य बाँकी वडामा छलफल भइरहेको र गाउँपालिका र नगरपालिकामा धेरै आकांक्षी रहेकाले उम्मेदवार छनोटकार्य जारी रहेको बताए ।

यस्तै, नेकपा माओवादी केन्द्रले दशरथचन्द नगरपालिका–७ मा वडाका अध्यक्षका लागि पद्मराज बडूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यसका साथै प्रचार–प्रसार समितिसमेत गठन गरिएको अनेरास्ववियु क्रान्तिकारीका जिल्ला कमिटी सदस्य गोकर्ण बोहराले जानकारी दिए । रासस