
पूर्वजिल्ला कमिटीका अध्यक्ष मानबहादुर जिसी, पूर्वमेयर तथा जिल्ला कमिटीका अध्यक्ष कृष्ण थापा, युवा संघ नेपालका अध्यक्ष राजीव पहारी र प्रदेश नम्बर–४ का सदस्य श्रीनाथ बराल मेयर पदको दाबेदार बनेका छन् ।
त्यस्तै, उपसचिव प्रभा कोइराला, जिल्ला सदस्य मञ्जु गुरुङ, जिल्ला सदस्य पोखरा लेखनाथ–११ की मीना गुरुङ, पूर्वजिल्ला उपसचिव देवका पहारी र केन्द्रीय विभागकी सदस्य पोखरा लेखनाथ–१९ की मीना गुरुङ उपमेयर पदका दाबेदार छन् ।
मुलुकमै क्षेत्रफलमा सबैभन्दा ठूलो एवं पर्यटकीय नगरी यस महानगरपालिकाको उच्च पदमा रहेर काम गर्ने उत्कृष्ट इच्छाका कारण कसैले पनि उम्मेदवारीको दाबी नछाडेपछि जिल्ला कमिटीलाई निकै सकस परेको र मतदान प्रक्रियाबाट उम्मेदवार छान्ने निर्णय भएको जिल्ला कमिटीका कार्यालय सचिव वैनबहादुर क्षेत्रीले जानकारी दिए ।
जिल्ला कमिटीले शुक्रबार पार्टीको पोखरा–लेखनाथ महानगर संगठन कमिटीको बैठक डाकेको छ र त्यही बैठकले लोकप्रिय नेता छानिने बताइएको छ । सो कमिटीमा ४४१ जना सदस्य छन् । रासस
प्रतिक्रिया दिनुहोस्