Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


आचारसंहिताविपरीत माओवादीका पूर्वलडाकुहरुलाई अर्बाैं रुपैयाँ बाँड्न लागियो : एमाले


0
Shares

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा गएको एमाले टोलीले निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवलाई भेटेर आयोगको ध्यानाकर्षण गराएको हो ।

प्रमुख आयुक्तसँगको भेटपछि एमाले नेता नेम्वाङले आचारसंहिताविपरीत माओवादीका पूर्वलडाकुहरुलाई लाखौं रुपैयाँकोदरले अर्बाैं रुपैयाँ बाँड्न लागिएको दाबी गरे ।

उनले रोल्पामा समुदायमा आधारित खेलकुद कार्यक्रमका लागि बजेट पठाइएको र रोल्पामै ११३ ओटा गाविसमा सडक आयोजनाको नाममा रकम विनियोजन गरेको प्रमाण आयोगमा पेस गरेको बताए ।

भेटमा प्रमुख आयुक्त डा. यादवले आचारसंहिता उल्लंघन भएको सन्दर्भमा आयोगको ध्यानाकर्षण भएको भन्दै उचित कदम चाल्ने आश्वासन दिएको पनि एमाले नेताहरुले बताएका छन् ।