Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


लाङटाङमा अन्तर्राष्ट्रिय म्याराथन हुने


0
Shares

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले यही वैशाख १२ गते म्याराथन प्रतियोगिता गर्न लागेको हो ।

टानले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘लाङटाङ क्षेत्र पदयात्राका लागि सुरक्षित छ’ भन्ने सन्देश प्रवाह गर्न म्याराथन गर्न लागेको जनाएको हो ।

भूकम्पबाट क्षतविक्षत भएको लाङटाङ क्षेत्रमा पर्यटकीय गतिविधि ठप्प भएको अवस्थामा प्रतियोगिताले अन्तर्राष्ट्रियजगतमा सकरात्मक सन्देश जाने विश्वास गरिएको छ ।

टानका सदस्य सूर्य घिमिरेले प्रतियोगिता खुला महिला र पुरुष गरी दुई समूहमा हुने जानकारी दिए ।

प्रतियोगितामा भाग लिन विभिन्न देशका धावकहरु नेपाल आइसकेका छन् भने प्रतियोगितामा एक सय ५० जनाभन्दा बढी सहभागी हुने जनाइएको छ ।