
कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका हमालले शुक्रबार धनगढीमा आयोजित सभामा धनगढीबाट विकास र समृद्धिको अभियान सुरु गर्न आफूले सो उपमहानगरको प्रमुखमा उम्मेदवारी घोषणा गरेको बताए ।
धनगढी उपमहानगरको प्रमुखमा औपचारिकरुपमा आफ्नो उम्मेदवारी घोषणा गर्ने हमाल पहिलो व्यक्ति हुन् ।
उपमहानगरको प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट उठाउने उम्मेदवारको टुंगो लगाइसकेको छ ।
सो पार्टीले प्रमुखमा रामसमझ राना र उपप्रमुखमा शान्ति अधिकारी क्षत्रीलाई उठाउने तय गरिसकेको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, मालेलगायतका दलले उपमहानगरको प्रमुख, उपप्रमुखमा कसलाई उठाउने भन्ने टुंगो अझै लगाउन सकेका छैनन् ।
७ नम्बर प्रदेशको एकमात्र उपमहानगर धनगढी भएकाले महानगरको प्रमुख तथा उपप्रमुखको पदको टिकट हत्याउन विभिन्न दलमा आन्तरिक प्रतिस्पर्धा निकै बढेको छ ।
साविक सुदूरपश्चिमको मुख्य व्यापारिक केन्द्र रहेको र गएको संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विजयी क्षेत्र भएकोले पनि यो उपमहानगरको निर्वाचनलाई दलहरुले आ–आफ्नो प्रतिष्ठाको विषय बनाउने अनुमान सबैको छ । रासस
प्रतिक्रिया दिनुहोस्