
मलेसियास्थित एएफसीको कार्यालयमा शुक्रबार १६ र १९ वर्षको ‘ड्र’सहित खेल तालिका सार्वजनिक भएको हो भने यसअघि नै ड्र भइसकेको २३ वर्षमुनिको खेलतालिका सार्वजनिक भएको हो ।
ड्रअनुसार नेपाल दुबै शैलीको प्रतियोगिताको कठिन समूहमा परेको छ ।
१६ वर्षमुनिको च्याम्पियनसिपमा नेपाल समूह ‘डी’मा परेको छ । यो समूहमा साविक विजेता इराकसहित भारत र प्यालेस्टाइन पनि रहेका छन् ।
एसियाका ४५ राष्ट्रका टिमले सहभागिता जनाउने छनोट चरणमा सहभागी टोलीलाई १० समूहमा विभाजन गरिएको छ ।
हरेक समूहका विजेता टोली र उत्कृष्ट ५ उपविजेताले अन्तिम चरणमा स्थान बनाउनेछन् ।
नेपाल सम्मिलित समूहका खेलहरु आगामी भदौ ३१ देखि असोज ८ गतेसम्म नेपालमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
यु–१९ मा नेपाल समूह ‘ए’मा
त्यस्तै, १९ वर्षमुनिको ड्रअनुसार नेपाल समूह ‘ए’मा परेको छ । यो समूहमा नेपालसहित आयोजक कीर्गिस्तान, युएई, बहराइन र ओमान रहेका छन् ।
खेल आगामी कात्तिक १४ देखि २२ गतेसम्म हुनेछ ।
यु–२३ मा नेपालको पहिलो खेल युएईसँग
त्यस्तै, एएफसीले २३ वर्षमुनिको च्याम्पियनसिपको खेल तालिका पनि सार्वजनिक गरेको छ ।
युएईमा आगामी साउन ४ देखि ८ गतेसम्म हुने छनोटमा समूह ‘डी’मा रहेको नेपालले पहिलो खेल युएईसँगै खेल्नेछ ।
त्यस्तै, नेपालले दोस्रो खेल उज्वेकिस्तानसँग र अन्तिम खेल लेबननसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्