
शुक्रकार दिउँसो स्थानीय समयअनुसार २ बजे आन्ध्रप्रदेशको चित्तुर जिल्लास्थित यरपेडु प्रहरी कार्यालयअगाडि उक्त घटना घटेको हो ।
प्रारम्भिक सूचनामा २० जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी घाइतेको सूचना आउन बाँकी रहेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै ‘हिन्दुस्थान टाइम्स’ले उल्लेख गरेको छ ।
प्रहरीकाअनुसार चालकले नियन्त्रण गुमाएपछि ज्यान जोगाउन गुडिरहेको ट्रकबाट हामफालेकाले ट्रक अनियन्त्रित भइ धेरै मानिसहरुको ज्यान गएको हो ।
आन्धप्रदेशका उपमुख्यमन्त्री एन चीन राजाप्पाले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचारका लागि आवश्यक व्यवस्था गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्