
वैज्ञानिकहरुले नदी सुक्नुको कारण जलवायुमा आएको परिवर्तन भएको बताएका छन् ।
वैज्ञानिकहरुले नदी सुक्नुको कारण जलवायुमा आएको परिवर्तन भएपनि एक्कासि कुनै लक्षणबिना चार दिनभित्र पूरै नदीको पानी हराउनुलाई रिभर पाएरेसी अर्थात् ‘नदीको चोरी’ भनेर सम्बोधन गरेका छन् ।
कास्काबुल्स ग्ल्यासियर मुख्य मुहान रहेको करिब १५० मिटर फराकिलो स्लिम्स नदी क्यानडामा सयौं वर्षदेखि बहिरहेको थियो । तर, अहिले एकाएक नदी सुकेर एक थोपा पानी नबगेपछि त्यहाँका मानिसहरु अचम्मित भएका छन् ।
‘द गार्जियन’को रिपोर्टमा मौसममा आएको परिवर्तनका कारण नदीको मुहान कास्काबुल्स ग्ल्यासियरमा सबै हिउँहरु पग्लेको र त्यसले नदीको बहाव बढेपछि नदीले आफ्नो धार फेरेपछि सयौं वर्ष पुरानो नदी सुकेको उल्लेख गरिएको छ ।
नदीको बहाव ठूलो भएपछि नदीले स–साना धार बनाउँदै बगेपछि ठूलो नदी एकाएक चार दिनमै हराएको हो ।
वैज्ञानिकहरुले पुरानो स्लिम्स नदी अब स–साना नदी बनेर अलास्कको खाडीतर्फ अघि बढिरहेको बताएका छन् ।
वैज्ञानिकहरुले नदीको धार परिवर्तन हुन समय लाग्ने बताउँदै जलवायुमा आएको परिवर्तनका कारण एक्कासि नदीले धार परिवर्तन गरेको बताएका छन् ।
उनीहरुले यसको प्रभाव लाखौं मानिसहरुलाई प्रत्यक्ष पर्ने भएकाले त्यस क्षेत्रमा पानीको संकट समाधान गर्न वैज्ञानिकहरुले क्यानडा सरकारलाई सुझाव दिएका छन् ।
(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्