Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


सुनको भाउमा शुक्रबार सामान्य कमी


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बिहीबार पनि तोलामा १ सय रुपैयाँले नै कमी आएर तोलाको ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि शुक्रबार तोलामा ५ रुपैयाँले ओरालो लागेर तोलाको ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १२ सय ८४ डलर हाराहारीमा कारोबार भएको थियो ।