१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


अफगानिस्तानको सैनिक शिविरमा तालिवानी आक्रमण, ७० सैनिक मारिए


0
Shares

उत्तरी शहर मजार–ए–शरिफको बाहिरी क्षेत्रमा रहेको सेनाको त्यस क्षेत्रको मूख्यालयमा आक्रमण गरिएको हो ।

सेनाको पहिरनमा आएका तालिवान लडाकुले आक्रमण गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

मस्जिद नजिक रहेको सेनाको हेडक्वाटरमा आक्रमण गरिएको हो । घटनाको जिम्मेवारी तालिवानले लिएको छ ।

अफगान सेनालाई तालिवानविरुद्धको कारवाहीका पश्चिमा राष्ट्रको गठबन्धन सेना नेटोले साथ दिँदै आएको छ । (एजेन्सी)