Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


विश्वकै अग्लो विश्वशान्ति कलश निर्माणको काम धमाधम


0
Shares

बाग्लुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका धार्मिक र पर्यटकीय क्षेत्रहरुको विकास र संरक्षण गर्नको लागि बाग्लुङ नगरपालिका ८ मा अवस्थित सर्वसिद्धिधाम पञ्चकोटमा १ सय ८ फिट अग्लो विश्वशान्ति कलश निर्माण थालिएको हो ।

तीन बर्ष देखि निरन्तर रुपमा थालिएको विश्वशान्ति कलश निर्माणको अभियानलाई पुरा गर्न हालै पञ्चकोट विराट ज्ञान महायज्ञ सम्पन्न गरिएको छ ।

नेपालकै ठुलो महायज्ञको आयोजना सहित धौलागिरी क्षेत्रको विकासको लागि सवा १ लाख शालिग्राम स्थापना, ५ हजार ५ सय ५५ केजीको घण्ट र १ सय ८ वटा गाईको लागि गौशला निर्माण लगायतका काम थालिएको पञ्चकोट विराट महायज्ञ मुल आयोजक समितिका महासचिव बसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

अहिले पञ्चकोटमा लक्ष्मी नारायण मन्दिर, गरुण शिला, सिसमहल, हनुमान १६ फिट अग्लो मुर्ति निर्माणको काम भईरहको छ ।

बाग्लुङमा निर्माण हुने १ सय ८ फिट अग्लो विश्वशान्ति कलश निर्माण गर्न २ अर्ब भन्दा बढी रकम खर्च हुने बताइएको छ ।