
कराकसमा रहेको एक बेकरीमा लूटपाट भएको र त्यसमा गोली चल्दा १० जना मारिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
प्रहरीले परिस्थितिलाई निकै कठीनपूर्वक नियन्त्रणमा लिएको थियो । राजधानी बाहिर भएको अर्को घटनामा एक जना मारिएको खबर छ ।
भेनेजुएलमा राष्ट्रपति निकोलश मदुरोको सरकारको विरोधमा प्रदर्शन भइरहेको छ । प्रदर्शनका क्रममा लूटपाटका घटना भएको सरकारी पक्षको आरोप छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्