Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


कास्कीमा १३ दललाईमात्रै राष्ट्रिय मान्यताप्राप्त


0
Shares

क्षेत्रीय निर्वाचन कार्यालयमा दर्ता भएका २३ मध्ये १० दलले स्वतन्त्र भएर निर्वाचनमा भाग लिएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए ।

राष्ट्रिय मान्यताप्राप्त १३ दलहरुमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेपाल परिवार दल, राष्ट्रिय जनमोर्चा नेपाल, संघीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, नेकपा संयुक्त, तराई– मधेस लोकतान्त्रिक पार्टी, नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी र अखन्ड नेपाल पार्टी छन् ।

त्यस्तै, स्वतन्त्र भएर निर्वाचनमा भाग लिने दलमा राष्ट्रिय शिवसेना पार्टी, संघीय लोकतान्त्रिक मञ्च, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, विवेकशील नेपाल, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, युनाइटेड ग्रीन अर्गनाइजेसन, नयाँ शक्ति पार्टी, राष्ट्रिय यथार्थवादी पार्टी, देशभक्त समाज र नेकपा माले जनसमाजवादी छन् ।

निर्वाचन आयोगले छापेको ६ आकारका मतपत्रमध्ये कास्कीको मतपत्रमा ३६ लहरको हुने र राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलले पाउने राष्ट्रिय चुनाव चिह्नबाहेक २३ ओटा स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न पुग्ने क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ । रासस