
यसैक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समिति मनाङले जिल्लाका तीनओटा गाउँपालिकाका प्रमुखका उम्मेदारको टुंगो लगाएको छ ।
चारओटा गाउँपालिका रहेको मनाङमा माओवादी केन्द्रले नासुङमा वेदबहादुर गुरुङ, नेस्याङमा याङडुङ गुरुङ र चामेमा पासाङ विष्टलाई प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
केन्द्रले नाल्र्फु गाउँपालिकाका प्रमुखको उम्मेदवार भने टुंगो लगाउन सकेको छैन ।
यसैगरी, माओवादी केन्द्रले अधिकांश वडाध्यक्षका उम्मेदवारको पनि टुंगो लगाइसकेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्