२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


सप्तकोसीमा पानी जहाजको झल्को मेट्ने गरी जेटबोट सञ्चालन (भिडियो)


0
Shares

उदयपुर, फागुन ८ । उदयपुर र सुनसरीको सीमा भएर बग्ने सप्तकोसी नदीमा जेटबोट र ओबीएम सञ्चालनमा ल्याइएको छ ।

सप्तकोसी नदीमा पानी जहाजको झल्को मेट्ने ८ वटा जेटबोट र ओबीएम सञ्चालनमा ल्याइएको हो । सप्तकोसीमा जल यातायात सञ्चालन हुँदा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा समेत वृद्धि भएको छ ।

सप्तकोसी चतरा पुलबाट बरुण जलयातायात प्रालि र बराह क्षेत्र जल यातायात प्रालिले उदयपुर–सुनसरी हुँदै धनकुटाको सिम्ले र भोजपुरको हलेदेसम्म २२ किलोमिटर जलयात्राको एकतर्फी भाडा ४ सय रुपैयाँ कायम गरी सञ्चालन गर्दै आएका छन् । योसँगै धार्मिक ऐतिहासिक र पर्यटकीय महत्व बोकेको बराह क्षेत्र, मैना मैनी, कोसी टप्पु वन्यजन्तु आरक्षण केन्द्र हेर्न आउनेको संख्या बढेको छ ।

४० जना यात्रा गर्न सकिने तथा २० मिनेटको समयमा अरुण, तमोर र सुनकोसीको संगम स्थल त्रिवेणीको मनोरम प्राकृतिक दृष्यावलोकन गर्न दैनिक २ हजारभन्दा बढीले जलयात्रा गर्ने गरेको जलयातायात कर्मचारी अनिल सुब्बाले बताए । घुमफिर गर्न र मनोरञ्जन गर्न आउने पर्यटकका लागि भाडादर खासै महँगो नभए पनि कोसी नदी आसपास बसोबास गर्ने सर्वसाधारणका लागि भने भाडा महँगो भएको स्थानीयको गुनासो छ ।