२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


मरुभूमिभित्र हराएको साउदी अरबको एउटा सहर, जुन हाल यस्तो छ (फोटोफिचर)


39
Shares

हाल, साउदी अरबको भूभागमा पर्ने प्राचीन सहर ‘मदैन सलेह’ मरुभूमिमा विलय भएको थियो भन्ने सुन्दा तपाइँलाई अचम्मसमेत लाग्नसक्छ ।

‘बीबीसी यात्रा’ले गरेको खोजमा प्राचीन सहर ‘मदैन सलेह’लाई ‘मरुभूमिमा हराएको सहर’ भनेर नामाकरण गरिएको छ ।

त्यस्तै, विश्व सम्पदा सूचीमा यस सहरलाई साउदी अरबको मरुभूमिमा हराएको सहर भनेर सूचीकृतसमेत गरिएको छ ।

यस सहरको निर्माण ‘मदैन सलेह’ नाम गरेका राजाले गरेकाले यसलाई मरुभूमिमा हराएको ‘मदैन सलेह’ सहर नामाकरण गरिएको हो ।

यस प्राचीन व्यापारिक सहर हुँदै मरुभूमिको यात्राबाट एसियन र अफ्रिकन मुलुकले आफ्नो व्यापार गर्ने गरेको इतिहासकारहरुले उल्लेख गरेका छन् ।

‘वर्ल्ड हेरिटेज साइट’ले यस सहरमा अहिलेपनि १३१ ओटा गाडिएको ममी अर्थात् मानवकंकालहरु रहेको उल्लेख गरेको छ ।

साइटले भनेको छ–‘मरुभूमिमा हराएको सहर हराएको राजतन्त्रको गतिलो नमुना हो । यस सहरको निर्माण गर्ने राजा मदैन सलेहको शरीर अझैपनि मरुभूमिभित्र सुरक्षित रहेको छ ।’

साउदी अरबको राजधानी रियादबाट १ हजार ४३ किलोमिटर उत्तर–पश्चिममा रहेको हेजाझ प्रान्तको मरुभूमिमा अवस्थित यो सहर प्राचीन सहर ‘नवटियन’पछिको दोस्रो ठूलो हो ।

ठूला–ठूला चट्टानहरुबाट बनेको यो सहरमा हाल भग्नावशेषहरुमात्र देख्न सकिन्छ । चट्टानहरुबाट बनेका सबै घरहरुलाई मरुभूमिको बालुवाले छोपिदिएको छ ।

यस क्षेत्रको अध्ययन भ्रमण गरेका बीबीसीका संवाददाता मारजोरी उडफिल्डकाअनुसार अझैपनि कैयौं मुस्लिमहरु ‘दुष्टको श्राप लाग्ने’ भन्दै यस प्राचीन सहरमा आउन चाँहदैनन् ।