मध्यपहाडी पुष्पलाल लोकमार्गले छोएको फिदिमबजार नमुना सहरकोरुपमा घोषणा भएपछि होटल तथा रेस्टरेन्ट खुल्नेक्रम बढेको हो ।
पछिल्ला दुई वर्षको अवधिमा करिब एक सय होटलहरु थपिएको होटल व्यवसायी संघ पाँचथरले जनाएको छ ।
संघकाअनुसार हाल फिदिमबजारमा साना–ठूला गरी १ हजार ५ सयको हाराहारीमा होटलहरु छन् ।
पूर्वकै प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल ताप्लेजुङ मन्दिरको दर्शन गर्न जाने श्रद्धालु तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी हालै होटल मनस्बी सन्चालनमा ल्याइएको छ ।









प्रतिक्रिया दिनुहोस्