
अमेरिकाको वासिङ्टन लगायत ५ सय भन्दा बढी शहरमा प्रदर्शन गरिएको छ । ‘मार्च फर साइन्स’ नाम दिइएको प्रदर्शन जलवायु परिवर्तनलाई रोक्ने उद्देश्यका साथ आयोजना गरिएको हो ।
आयोजकहरुले विज्ञानको पक्षमा उत्सव र वैज्ञानिक समुदायको सुरक्षामा सहयोग गर्न प्रदर्शन गरिएको बताएका छन् ।
‘जलवायु परिवर्तनलाई छल’ भनेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अमेरिकाका वैज्ञानिक निकायहरुलाई दिइने रकम कटौती गर्ने योजनाविरुद्ध समेत प्रदर्शन लक्षित थियो ।
अभियानकर्ताहरुले आफ्नो आवाज सुनाउन चाहेको भन्दै विज्ञान जोखिममा परेको हुनाले यस्तो कदम आवश्यक भएको बताएका छन् ।
विज्ञान खतरामा परेकाले राजनीतिक कदम चाल्नैपर्ने अवस्था आएको उनीहरुको तर्क छ ।
संसारको सबैभन्दा शक्तिशाली देशले विज्ञान र तर्कमाथि आक्रमण गरेको भन्दै उनीहरुले त्यसलाई विज्ञानमाथि मात्रै होइन मानवतामाथिकै आक्रमण भनेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्