
घरेलु मैदानमा भएको खेलमा बर्नमाउथले १० खेलाडीमा सीमित भएको मिडल्सब्रोलाई ४-० ले हरायो ।
बोर्नमाउथको जितमा योशुआ किङ, बेनिक एफोबे, मार्क पुग र चार्ली ड्यानिएल्सले गोल गरे ।
अर्को खेलमा हल सिटीले वाट्फोर्ड तथा स्वान्सी सिटीले स्टोक सिटीलाई समान २–० ले हराएका छन् ।
१० खेलाडीमा सीमित भएको हल सिटीको जितमा मार्कोविध र क्लुकासले गोल गरे । यस्तै स्वान्सी सिटीको जितमा फर्नान्डो लोरेन्टे र टम कारोल्सले गोल गरे ।
अर्को खेलमा वेष्ट ह्याम र एभर्टनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
बराबरीपछि एभर्टन आर्सनललाई पछि पार्दै छैठौं स्थानमा उक्लिएको छ । उसको ५८ अंक भएको छ भने आर्सनलको ५७ अंक छ ।
प्रतिक्रिया दिनुहोस्