१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


फ्रान्समा राष्ट्रपतीय निर्बाचन हुँदै, मैदानमा ११ जना उम्मेदवार


0
Shares

शुक्रबार राजधानी प्यारिसमा आईएसको आक्रमणमा प्रहरी मारिएपछि कडा सुरक्षाबीच निर्वाचन हुन लागेको हो ।

चुनावी मैदानमा ११ जना उत्रिए पनि पाँच जनाबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

विदेशमा रहेका करिब १० लाख फ्रेञ्च नागरिकले शनिबार नै आफ्नो मताधिकार प्रयोग गरेका छन् । फ्रान्समा राष्ट्रपतिको चुनावी प्र्रक्रिया अलि फरक छ ।

जनताले चुनेका प्रतिनिधि पहिला राष्ट्रपति पदका उम्मेदवार चुन्छन् र यस पछि मात्र मतदान हुन्छ ।

पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा दोस्रो चरणको निर्वाचन हुन्छ । सुरक्षाका लागि ५० हजार प्रहरी र ५ हजार सैनिक तैनाथ गरिएको छ । (एजेन्सी)