Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


तेह्रथुमको शुक्रबारेमा तीन महिने ‘होजियारी’ तालिम सुरु


0
Shares

गरिबीको रेखामुनि रहेका १० जना महिलालाई आयआर्जनका काममा सहभागी गराई आर्थिक उपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

तालिमपछि महिलाहरु आफैंले स्वीटर, टोपी, मफलर, ट्राउजरलगायत ऊनी धागोबाट कपडा बुन्न सक्नेछन् ।

पहाडि भेग र चिसो ठाउँका बासिन्दालाई लक्षित गरी न्यानो कपडा बनाउने होजियारी उद्योग सन्चालन गरे थुप्रै सम्भावना रहेको प्रशिक्षक बसन्त अधिकारीले बताए ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत जिल्ला समन्वय समिति, घरेलु तथा साना उद्योग विकास समिति र मेडेपको आर्थिक सहयोगमा दलित सचेतना समाज नेपालले तालिम सन्चालन गरेको हो ।

होजियारी उद्योग सञ्चालनका लागि हाते मेसिन खरिद गर्न १ लाख रुपैयाँ पर्छ ।

धागो प्रति केजी ६ देखि ७ सय रुपैयाँले खरिद गरेर महिलाहरुले मासिक ३० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न सक्ने देखिएको छ ।