Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


टोटनह्यामलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा


0
Shares

शनिबार राति भएको सेमिफाइनलमा चेल्सीले लण्डन प्रतिद्वन्द्वी टोटनह्यामलाई २ का विरुद्ध ४ गोलले पराजित गर्‍यो ।

खेलमा चेल्सीलाई विजयी गराउन विलियनले दुई गोल गर्दा एडिन हाजार्ड र नेमान्जा माटिचले एक–एक गोल गरे ।

पराजित टोली टोटनह्यामका लागि ह्यारी केन र डेले अलीले एक/एक गोल गरे ।

चेल्सीले अब एफ.ए कपको उपाधि भिडन्तमा आर्सनल र म्यानचेस्टर सिटीबीचको दोस्रो सेमिफाइनल विजेताको सामना गर्नेछ । दोस्रो सेमिफाईनल खेल आज बेलुकी हुनेछ ।