Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


२५ वटा प्रहार खेर गएपछि बराबरीमै सीमित रह्यो बार्सिलोना


0
Shares

काठमाडौं, फागुन ८ । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति भएका दुवै खेल बराबरीमा सकिएका छन् ।

राउण्ड अफ १६ को पहिलो लेगको खेलमा इंग्लिस क्लब लिभरपुललाई जर्मनीको बायर्न म्युनिखले गोलरहित बराबरीमा रोक्यो । दोस्रो लेगको खेल आगामी मार्च १४ तारिखमा जर्मनीमा हुनेछ ।

च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको अर्को खेलमा स्पेनको बार्सिलोनालाई फ्रेन्च क्लब ओलम्पिक लियोंले गोलरहित बराबरीमा रोकेको छ । एकतर्फी खेलमा बार्सिलोनाले २५ वटा प्रहार गरे पनि गोल गर्न भने सकेन ।

च्याम्पियन्स लिग फुटबलमा आज राति दुई खेल हुनेछन् । स्पेनिस क्लब एथ्लेटिको मड्रिडले आफ्नै मैदानमा ईटालीको युभेन्टससँग खेल्दा जर्मनीमा हुने खेलमा शाल्कासँग इंग्ल्यान्डको म्यान्चेस्टर सिटी भिड्नेछ ।