बजार खुल्ने बित्तिकै १० मिनेट मै ३ प्रतिशतले बढेसँगै १५ मिनटका लागि सर्किट ब्रेक नै लगाउनु पर्यो । त्यसपछि भने नेप्से सामान्य शिथिल भएर ३५ अंक सकारात्मक रहेर १६ सय ९३ कायम भएर थामियो ।
नेप्से १७ सय अंक पार गरेर पुनः १६ सयको लाइनमा फर्किएको हो ।
आइतबार कारोबार भएका सबै समूहमा बृद्धि आयो । बीमा समूह सबैभन्दा उच्च ३ सय १८ अंकले बढ्यो । यसदिन कारोबार परिमाणमा पनि बृृद्धि आयो । १ सय ४२ कम्पनीको २२ लाख कित्ता शेयर १ अर्ब ५३ करोड रुपैयाँ बराबरमा खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्