मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी उद्यमशीलता विकास गर्न राष्ट्रिय अभियान संचालन गर्ने उद्देश्यले उद्यमशीलता सम्मेलन गर्न लागेको जनाएको हो ।
‘स्टार्ट अप समिट’ नाम दिइएको दुई दिने सम्मेलनको स्रोत व्यक्तिको रुपमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा सफल युवा उद्यमी रहने जनाइएको छ ।
युवा वर्गलाई उद्यमशीलतामा जान प्रोत्साहन गर्न र उद्यमशीलताको विकास गर्न सम्मेलन गर्न लागेको मन्त्री नविन्द्रराज जोशीले बताए । सम्मेलनले उद्यमी बन्ने सोचका साथ अगाडि बढेका र उद्यमी बन्न खोजिरहेका युवालाई सहयोग पुग्ने विश्वास मन्त्रालयको छ ।
मन्त्रालयले युवा उद्यमशीलताको विकासका लागि युवा उद्यमी नरोत्तम अर्यालको संयोजकत्वमा ‘स्टार्ट अप कमिटी’ नै बनाएको छ ।
प्रतिस्पर्धी विश्वमा हामीले अपनाउने उद्यमशीलताको सोचमा पनि नयाँ आयाम र अवधारणा आवश्यक हुँदा सम्मेलनले निकै महत्वपूर्ण रहेको अर्यालले बताए । सम्मेलनको नारा ‘समृद्धिको रहर, उद्यमशीलताको नयाँ प्रहर’ भन्ने छ ।









प्रतिक्रिया दिनुहोस्