
आइतबार राती भएको सेमिफाइनलमा आर्सनलले म्यान सिटीलाई अतिरिक्त समयमा पराजित गर्यो ।
खेलमा म्यानचेस्टर सिटीका सर्जीयो अगुएरोले पहिलो गोल गरे पनि आर्सनलका नाचो मोन्रियालले एक गोल फर्काउँदै ९० मिनेटको खेल १-१ गोलको बराबरी गरे ।
यसपछि थपिएको अतिरिक्त समयमा अलेक्सिस सान्चेजले गोल गर्दै आर्सनलको जीत सुनिश्चित गरे ।
आर्सनलले अब फाइनलमा लण्डन क्लब चेल्सीको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा टोटनह्याम हट्सपरलाई ४-२ ले पराजित गर्दै चेल्सीले फाइनलमा ठाउँ पक्का गरेको हो ।
प्रतिक्रिया दिनुहोस्