Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


आहा ! रारा गोल्डकप विजेतालाई ८ लाख


0
Shares

पोखरा, फागुन ७ । सहारा क्लब पोखराको आयोजनामा पोखरामा यही फागुन ९ देखि १८ गतेसम्म १७औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर आयोजकले प्रतियोगिताबारे जानकारी गराएको हो ।

प्रतियोगिताको विजेता टिमलाई ८ लाख एक हजार र उपविजेतालाई ४ लाख एक हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको सहरा क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए ।

प्रतियोगितामा तीन विभागीयसहित आयोजक सहारा, मनाङ–मर्स्याङ्दी क्लब, हिमालयन शेर्पा क्लब, धरान फुटबल क्लब, भारतको युनाइटेड सिक्किम फुटबल क्लब, थ्रीस्टार क्लब र क्यामरुनको दाउफिन्स फेमिली टिमले सहभागिता जनाउने भएका छन् ।

उद्घाटन खेल सहारा र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच हुने आयोजकले जनाएको छ ।