१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


उत्तर कोरियामा अमेरिकी नागरिक पक्राउ


0
Shares

चीनमा प्राध्यापन गर्दै आएका उनले प्योङयाङ विश्वविद्यालयमा समेत धेरै समय प्राध्यापन गरेको दक्षिण कोरियाली सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनी एक महिनादेखि उत्तर कोरियामा राहत कार्यमा सक्रिय थिए । उत्तर कोरियामा पक्राउ पर्ने डुक तेस्रो अमेरिकी नागरिक हुन् ।

कोरियाली प्रायद्विपमा तनाव बढेका बेला उत्तर कोरियामा अमेरिकी नागरिक पक्राउ परेका हुन् । डुकलाई पक्राउ गर्नुको कारण भने खुलाइएको छैन ।

अमेरिकाले उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर कुटनीतिक धैर्यता अन्त्य हुन लागिरहेको भन्दै चेतावनी दिएको थियो ।

अमेरिकाले कोरियाली प्रायद्विपमा विमानबाहक युद्धपोत समेत पठाएको छ । (एजेन्सी)