Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


भरतपुर महानगरमा किचलो, तल्लोस्तरको व्यवहार गरियो : उपमेयर


0
Shares

तुलमान गुरुङ (इमेज)

चितवन, फागुन ७ । भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यशैलीका कारण आफूले काम गर्न नसकेको बताएकी छन् ।

मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै उनले मेयर रेणु दाहालले एकलौटी ढंगले कार्यालय सन्चालन गरेको र आफूलाई मान्यतासमेत नदिएको बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीलेसमेत आफूलाई तल्लोस्तरको व्यवहार गरेको गुनासो उपमेयर शाहले गरिन् ।

उपमेयरसहित नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले महानगरपालिकाको बैठकसमेत बहिस्कार गरेका छन् ।

स्थानीय तह निर्वाचनमा भरतपुरमा तत्कालीन माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भएको थियो ।

चुनावताका रेणु दाहाल र पार्वती शाहले ‘दिदी–बहिनी’ मिलेर भरतपुरको विकास गर्ने घोषणापत्र जारी गरेका थिए ।