२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


एमाले कन्चनपुरले उम्मेदवारको टुंगो लगायो


0
Shares

एमाले प्रदेश कमिटीले कन्चनपुरका ६ नगरपालिका र एक गाउँपालिकाका लागि उम्मेदवार टुंगो लगाएको हो ।

सोअनुसार भीमदत्त नगरपालिका प्रमुखमा सुरेन्द्र विष्ट र उपप्रमुखमा माया पन्त उम्मेदवार बन्नेछन् ।

त्यसैगरी, शुक्लाफाँटा नगरपालिका प्रमुखमा रणबहादुर महरा र उपप्रमुखमा तुलसी हमाल तथा वेदकोट नगरपालिका प्रमुखमा अशोक चन्द र उपप्रमुखमा सुशीला सिंहको नाममा उम्मेदवारीको टुंगो लागेको हो ।

त्यसैगरी, बेलौरी नगरपालिकामा पल्लवराज भट्ट प्रमुख र चित्रा चौधरी उपप्रमुख उम्मेदवारीमा टुंगो लागेको एमाले कन्चनपुर उपसचिव रणबहादुर महराले बताए ।

त्यसैगरी, कृष्णपुर नगरपालिका प्रमुखका लागि कर्ण हमाल तथा महाकाली नगरपालिका प्रमुखमा किशोर लिम्बू र उपप्रमुखमा चिनी गिरीको उम्मेदवारी टुंगो लागेको छ ।

एमालेबाट बेल्डाँडी गाउँपालिका अध्यक्षमा धनबहादुर थापा र उपाध्यक्षमा कमला कार्की सिफारिस भएका छन् ।

पुनर्बास र लालझाँडी गाउँपालिकाका उम्मेदवार टुंग्याउन बाँकी रहेको एमाले कन्चनपुरले जनाएको छ ।

आइतबार प्रदेश नम्बर–७ कमिटीले उम्मेदवारको अन्तिम टुंगो लगाएको हो । ‘बाँकी रहेका दुई तहको पनि लगत्तै उम्मेदवार टुंगो प्रदेशबाट लाग्छ’–पार्टी उपसचिव महराले भने ।

कांग्रेस–माओवादी छलफलमा
नेपाली कांग्रेस कन्चनपुरले भने निर्वाचन दोस्रो चरणमा आगामी जेठ ३१ गते हुने भनिएपछि उम्मेदवार टुंग्याउन ढिलाइ गर्ने संकेत देखाएको छ ।

उम्मेदवार छनोट विषयको छलफललाई भने कांग्रेसले तीव्रता दिएको छ । ‘सहमतिको प्रक्रियाबाटै उम्मेदवार छनोट कार्यलाई प्राथमिकता दिएका छौं’–कांग्रेस कन्चनपुरका सचिव दिवाकर पाण्डेयले भने ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल रसाइलीले जिल्लाका सबै स्थानीय तहका लागि उम्मेदवार छनोटका विषयमा गहन छलफल भइरहेको बताउँदै उम्मेदवार टुंग्याउन अझै एक साता लाग्ने जानकारी दिए । रासस