
आक्रमणमा अरु ६ जना घाइते भएका छन् । पीटीआइ समाचार संस्थाकाअनुसार आक्रमणमा घाइते प्रहरी जवानहरुलाई सैनिक हेलिकोप्टरमार्फत् उपचारका लागि रायपुर ल्याइएको छ ।
प्रहरीकाअनुसार सुकमा जिल्लाको चिंतागुफाबाट बुर्काफालतर्फ निर्माणाधीन सडक सुरक्षाका लागि ती प्रहरी जवानहरु खटिएका थिए ।
सडकमा गस्ती गरिरहेको समयमा उनीहरुमाथि ठूलो संख्यामा रहेका माओवादी लडाकूहरुले एक्कासि आक्रमण गरेका थिए ।
घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत् दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
त्यहाँको प्रहरीले मारिएका सबै जवानहरु सीआरपीएफका ७४ बी बटालियनका रहेको उल्लेख गरेको छ ।
आक्रमणपछि मारिएका सबै जवानहरुको हतियार माओवादीले नै लुटेर लगेको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्