Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


सेयर बजारमा सोमबार गिरावट


0
Shares

उतार–चढावबीच बजार परिसूचक नेप्से १७ अंकले ओरालो लागेर १६ सय ७५ कायम भएर थामियो ।

कारोबार भएकामध्ये अधिकांशजसो समूहमा गिरावट आयो । बीमा समूह सबैभन्दा उच्च ८३ अंकले झर्‍यो । होटल, जलविद्युत् र वाणिज्य बैंक समूहमा पनि दोहोरो अंकको कमी आयो । अन्य र वित्त समूह भने सामान्य अंकले ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४२ कम्पनीको १६ लाख २६ हजार कित्ता सेयर ९६ करोड ५२ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।