Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


नेपाल ३६ वर्षपछि एसियाली स्क्वासमा


0
Shares

आगामी बुधबारदेखि आइतबारसम्म भारतको चेन्नईमा हुने च्याम्पियनसिपको १९औं संस्करणमा दुई पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत् गर्नेछन् ।

प्रतियोगितामा अमृत थापा र अरहान्तकेशर सिंहले एकल स्पर्धामा प्रतिस्पर्धा गर्ने भएका हुन् ।

सातौं राष्ट्रिय खेलकुदमा अमृत पहिलो र अरहान्त दोस्रो भएका आधारमा खेलाडी छनोट गरिएको नेपाल स्क्वास र्‍याकेट्स संघका महासचिव सुरेश गुरुङले जनाएका छन् ।

प्रतियोगितामा १७ राष्ट्रको सहभागिता रहने बताइएको छ ।

नेपालले सन् १९८१ पछि पहिलोपटक प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।

पाकिस्तानको कराँचीमा भएको उक्त प्रतियोगितामा सन्जीव राजभण्डारी, अनिल सिंह र सत्य नारायणले प्रतिस्पर्धा गरेका थिए ।