
कुनै एक विषयमा जानकारी गराउन वा छलफल गर्न यसरी सबै सिनेटरलाई ह्वाइट हाउस बोलाउनु अमेरिकामा असामान्य मानिन्छ । उत्तर कोरियासम्बन्धी ब्रिफिङ भने बुधबार गरिनेछ ।
ब्रिफिङमा एक सय सिनेटरसहित विदेश मन्त्री रेक्स टिल्लर्सन र रक्षा मन्त्री जेम्स म्याटिस पनि सहभागी हुने जनाइएको छ ।
उत्तर कोरियाको मुख्य सहयोगीको रुपमा रहँदै आएको चीनले सबै पक्षलाई संयम हुन आग्रह गर्दै आए पनि उत्तर कोरियाको परमाणु कार्यक्रमप्रति अमेरिकाले गम्भीर चासो देखाइरहेको छ । जसबाट कोरिया प्रायद्वीपमा तनाव सिर्जना हुने सम्भावना बढेको छ ।
उत्तर कोरियाकै विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबिच आइतबार टेलिफोन वार्तासमेत भएको थियो । चिनियाँ राष्ट्रपति सीले संयम अपनाएर कुनै किसिमको तनावको अवस्था आउन नदिन आग्रह गरेका थिए भने ट्रम्पले बढ्दो विवादले कोरिया प्रायद्वीपमा स्थिरता नआउने बताएका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्