२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


‘मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाबाट पाँच हजार ११० जना पीडित’


0
Shares

काठमाडौं, फागुन ७ । नेपालमा सन् २०१८ मा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाबाट पाँच हजार ११० जना पीडित बनेको मानवअधिकारवादी संस्था इन्सेकले जनाएको छ ।

इन्सेकले मंगलबार राजधानीमा एक कार्यक्रम गरी सार्वजनिक गरेको तथ्यांकअनुसार मानवअधिकार उल्लंघनका घटनामा ३६ महिला र २८६ पुरुष गरी ३२२ जना तथा ज्यादतीका घटनामा चार हजार २६६ महिला र ५२२ जना पुरुष गरी चार हजार ७८८ जना पीडित भएको उल्लेख छ ।

कार्यक्रममा इन्सेकका अध्यक्ष इन्दिरा श्रेष्ठले हत्या, हिंसाका घटनाहरु जति रोक्न प्रयास भएपनि नरोकिएको बताइन् ।

कार्यक्रममा नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ सार्वजनिक गरिएको थियो ।