Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


विद्युत उत्पादनसँगै फेरियो स्थानीयको जीवनशैली


0
Shares

जिल्लाको दक्षिणमा बग्ने नौगढगाड खोलामा अपी पावर कम्पनीले शुरु गरेको आयोजनामा स्थानीयले रोजगारीसँगै गाउँमा उज्यालो पाएपछि खुशी भएको स्थानीय दत्तीसिंह ठगुन्नाले बताए ।

खोलाबाट ८ दशमलव ५ मेघावाट बिजुली निकाली प्रशारणसमेत गरिसकेको अपीले साना जलविद्युत आयोजना संचालन गर्दा स्थानीयका सडक, खानेपानी, विद्युतलगायतका माग सम्बोधन गरेपछि जनता खुशी देखिन्छन् । जिल्लाको धुलिगडास्थित निर्माणाधीन साना जलविद्युत आयोजनामा चार सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

स्थानीयले व्यापार गर्ने, कृषि उपज उत्पादन गरी बिक्री गर्नेजस्ता आर्थिक उपार्जनका काम पनि गरिरहेका छन् ।

सुदूरपश्चिममा पहिलो परियोजना १७ महिनामा सम्पन्न गरेको अपीले दोश्रो परियोजना पनि कुनै पक्षबाट अवरोध नआए २०७४ माघभित्र सम्पन्न गरी सुदूरपश्चिम झिलिमिली पार्ने लक्ष्य रहेको जनाएको छ ।