२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


धनकुटामा १० दललाई मात्रै पुरानो चुनाव चिन्ह


0
Shares

जिल्लामा निर्वाचन कार्यालयमा दर्ता भएका १७ दलमध्ये दश दलले मात्र पुरानो चुनाव चिन्ह पाएका हुन् । बाँकी सात दलले भने स्वतन्त्र चिह्नमा निर्वाचनमा भाग लिनुपर्ने भएको हो ।

पुरानै चुनाव चिन्ह पाउनेमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, खम्बुवान राष्ट्रिय मोर्चा छन् ।

नयाँ शक्ति पार्टी, राष्ट्रिय शिव सेना, युनाईटेड ग्रिन अर्गनाईजेसन, जनमुक्ति लगायतका सात दलले भने स्वतन्त्र चुनाव चिन्हमा चुनाव लड्नु पर्ने भएको हो । निर्वाचन आयोगले धनकुटाकालागि २८ क्रम संख्या भएको चिन्हसहितको मतपत्र पठाएको छ ।