काठमाडौं, फागुन ७ । ‘पिंकाथन’ काठमाडौंको तेस्रो संस्करण यही शनिबार हुँदैछ ।
महिला सशक्तिकरण र स्वास्थ्यबारे जनचेतना फैलाउने उद्देश्यले लेजर पोर्ट नेपालले आयोजना गरेको कार्यक्रममा नेपाल प्रहरीको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमले साथ दिएको छ ।
प्रहरी मुख्यालय नक्सालमा बिहान साढे ६ बजे कार्यक्रम सुरु हुनेछ ।
बलिउड सुपरमोडेल, नायक तथा फिटनेस आइकन मिलिन्द सोमनको अभियान पिंकाथनमा विभिन्न चार विधामा महिलाहरुको दौड हुनेछ ।
हाफ म्याराथन, १० किलोमिटर र ५ किलोमिटर दूरीका विजेताहरुले नगद पुरस्कार र मेडल पाउनेछन् भने ३ किलोमिटरमा सहभागी सबै सहभागीहरुले मेडल पाउनेछन् ।
अहिलेसम्म १७ सयभन्दा बढीले सहभागिताका लागि फर्म भरेको आयोजकको दाबी छ ।
सन् २०१२ मा पहिलोपटक भारतको मुम्बइमा भएको पिंकाथन अहिले नेपालबाहेक भारतका ८ सहरमा भइरहेको छ ।
पिंकाथनको पहिलो अन्तर्राष्ट्रिय संस्करण भने नेपाल नै हो ।
पिंकाथनका लागि मिलिन्द सोमन बिहीबार काठमाडौं आउँदैछन् ।









प्रतिक्रिया दिनुहोस्