Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


आन्दोलनको विकल्प छैन : तरुण दल


0
Shares

काठमाडौं, फागुन ७ । ६९औं प्रजातन्त्र दिवसका अवसरमा नेपाली कांग्रेसको भ्रातृसंगठन तरुण दलले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिएको ‘तरुण र वर्तमान राजनीति’ विषयक अन्तक्रियामा सहभागीहरुले प्रजातन्त्रलाई दीगो बनाउन युवाहरुले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए ।

उनीहरुले सरकार लोकतान्त्रिक मूल्य–मान्यताविपरीत चलेको आरोप लगाउँदै सरकारका गैरप्रजातान्त्रिक कदमको प्रतिपाद गर्न आन्दोलनको विकल्प नरहेको जिकिर गरे ।

कार्यक्रममा तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले सरकारका गैरप्रजातान्त्रिक क्रियाकलापविरुद्ध पहिलो चरणको आन्दोलन सकिएको भन्दै अब छिट्टै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने जानकारी दिए ।