
पुरुषतर्फ होमलाल श्रेष्ठ र महिलातर्फ सेनाकै सरिता बासीले उपाधि जितेका हुन् ।
मंगलबार रसुवामा भएको प्रतियोगितामा निर्धारित् दुरी ३ घन्टा ३४ मिनेटमा पूरा गर्दै श्रेष्ठले उपाधि जितेका हुन् ।
तीन मिनेट ढिला रेस सकाएका सेनाकै राजन खत्री दोस्रो तथा थप एक मिनेट ढिला रेस सकाएका सेनाकै बेदबहादुर सुनार तेस्रो भए ।
यसैगरी, महिलातर्फ सरिता बासीले निर्धारित् दुरी सकाउन ५ घन्टा १३ मिनेट २७ सेकन्ड लगाइन् ।
दोस्रो भएकी सेनाकी रेस्यू बस्नेतले ५ घन्टा १४ मिनेट ४५ सेकेन्डमा दुरी पूरा गरिन् भने पुष्पा भण्डारीले ५ घन्टा २६ मिनेट ४७ सेकेन्डमा दुरी पार गरी तेस्रो स्थान ओगटिन् ।
‘भूकम्पबाट पूर्णक्षति पुगेको लाङटाङ गाउँमा पर्यटन प्रबद्र्धन गर्न सहयोग गरौं’ भन्ने नाराका साथ ट्रेकिङ एजेन्सिस एसोसिएसन अफ नेपाल (टान)ले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगिता लाङटाङको क्यान्जिङबाट सुरु भइ बृद्धम लिङलिङ हुँदै स्याफ्रुबेसीमा सम्पन्न भएको थियोे ।
विजेताले एक लाख, दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा १० विदेशी, १४ महिलासहित १०२ जना सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्