३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


चीनमा ३३ करोडलाई नयाँ जागिर, वेरोजगारी घट्यो


0
Shares

सरकारी अधिकारीले मंगलबार (आज) सार्वजनिक गरेको प्रतिवेदनमा चार महिनामा ३.९७ प्रतिशत बेरोजगारी घटेको उल्लेख गरिएको छ ।

गतवर्षको सोही अवधिको तुलनामा यस वर्ष एक लाख ६० हजारभन्दा बढी नयाँ जागिर थपिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

‘चीनको रोजगारी बजारमा यसवर्षको सुरुमै बलियो अवस्था देखिएको छ, यसले पहिलो चार महिनालाई स्थिर बनाएको छ,’ मानव संशाधन तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता लु अइहोङले पत्रकार सम्मेलनमा भने ।

रोजगारीको संख्या बढ्नु चीनको आर्थिक क्षेत्रका लागि निकै राम्रो संकेत भएको अर्थविद्हरुले बताएका छन् ।

गत जनवरीदेखि मार्चसम्म ७.८ प्रतिशतले नयाँ जागिरको विज्ञापन खुलेको र २.१ प्रतिशतको दरले निवेदक बढेको मन्त्रालयको तथ्यांक छ । रासस÷सिन्ह्वा