काष्ठमण्डप पुनःनिर्माण लागि अभियान समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी पुनःनिर्माण अभियान घोषणा गरेको हो ।
पुनःनिर्माणमा ढिलाइ भएको भन्दै राज्यका निकायसँग मिलेर पुनःनिर्माण गर्ने संकल्प लिइएको समितिका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले जानकारी दिए ।
उनले तत्काल पुनःनिर्माण गर्न नसके पनि भग्नावशेषलार्ई थप क्षति हुन नदिन पहिलो प्राथमिकतामा राखिएको बताए ।
अभियानकी प्रवक्ता सुमना श्रेष्ठले पुनःनिर्माण अभियानमा दक्षता, कौशलता र ज्ञानका साथै आर्थिक एवं भौतिक सहयोग गर्न सकिने जानकारी दिइन् ।
कार्यक्रममा भूकम्पमा परेर मृत्यु भएकाहरुको आत्माशान्तिको कामनासहित दीप प्रज्वलनसमेत गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्