३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


१५४ ओटा मिसाइलसहितको अमेरिकी युद्धपोत पानीजहाज दक्षिण कोरिया पुग्यो


0
Shares

उक्त युद्धपोत पानीजहाजमा ६० जना विशेष अपरेसन सेना र १५४ ओटा क्रुज मिसाइल रहेको बताइएको छ ।

उत्तर कोरियाले आफनो ८५औं सैन्य दिवस मनाइरहेकैबेला अमेरिकाले युद्धपोत पानीजहाज दक्षिण कोरिया पठाएको हो ।

पछिल्लो समय अमेरिका र उत्तर कोरियाबीच चर्को वाकयुद्ध चलेको छ ।

अमेरिकाले भड्काउपूर्ण व्यवहार जारी राखी आणविक आक्रमण गर्ने उत्तरले चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघको प्रतिबन्ध बेवास्ता गर्दै उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गरिहेको छ । (एजेन्सी)