२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


भड्किएका सन्तानलाई आत्मसमर्पण गर्न लगाउनोस्, नत्र मारिन्छन् : भारतीय सेना


0
Shares

काठमाडौं, फागुन ७ । भारत प्रशासित जम्मु–कश्मिरको पुलवामा गत बिहीबार चरपन्थी आक्रमणमा ४० सुरक्षाकर्मीको मृत्युपछि भारतीय सेनाले पहिलोपटक पत्रकार सम्मेलन गरेको छ ।

मंगलबार गरिएको पत्रकार सम्मेलनमा लेफ्टिनेन्ट जनरल केजेएस ढिल्लनले ‘आफ्ना भड्किएका सबै सन्तानहरुलाई आत्मसमर्पण गर्न लगाउन’ कश्मिरका सबै आमासँग अपिल गरेका छन् ।

उनले आत्मसमर्पण गर्न सम्झाउन आग्रह गर्दै नत्र बन्दुक चलाउने उनीहरु सबै मारिने स्पस्ट पारे ।

लेफ्टिनेन्ट जनरल ढिल्लनले सोमबार पुलवामाको मुठभेडमा तीन आंकककारी मारिएको जानकारीसमेत दिए ।

उनले बिहीबार पुलवामा भएको भीषण आक्रमणबारे छानबिन भइरहेको बताए ।

भारतीय सेनाले कश्मिरमा जैश–ए–मोहम्मदको पूरै नेतृत्व समाप्त भएको जिकिरसमेत गरेको छ । (एजेन्सी)