Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


रियल मड्रिड फाउन्डेसनको प्रशिक्षण शिविर नेपाल आउने


0
Shares

शुभारम्भ एजुकेशन एन्ड स्पोर्टस टुरको संयोजकत्वमा रियल मड्रिड फाउन्डेसनको प्रशिक्षण शिविर नेपाल आउने भएको हो ।

आगामी जेठ २२ देखि २६ गतेसम्म काठमाडौंको चोभारस्थित मोडर्न इन्डियन स्कुलको फुटबल मैदानमा प्रशिक्षण शिविर सन्चालन हुनेछ ।

शिविरमा १८ वर्षभन्दा मुनिका बालबालिकाले सहभागिता जनाउन पाउने छन् ।

पाँचदिने प्रशिक्षण शिविरमा सहभागी हुन चाहने खेलाडीले ३५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने छ ।

प्रशिक्षणकाक्रममा उत्कृष्ट ठहरिने एक खेलाडीले सिंगापुरमा रहेको रियल मड्रिड फाउन्डेसनको एकेडेमीमा निःशुल्क पाँचदिन प्रशिक्षण गर्न पाउने आयोजक संस्थाले जनाएको छ ।