धनकुटा, फागुन ७ । धनकुटाको महालक्ष्मी नगरपालिकाले ‘दन्त उपहार’ योजना अघि सारेको छ ।
दाँत नभएका व्यक्तिलाई लक्षित गरी नगरपालिकाले यो कार्यक्रम अघि सारेको हो ।
यो योजनाअन्तर्गत् नगरपालिकाले शिविर नै आयोजना गरेर दाँत नभएका व्यक्तिलाई दाँत लगाइदिएको हो ।
पहिलो चरणमा नगरपालिकाले इटहरीस्थित पूर्वाञ्चल डेन्टल हस्पिटल प्रालिको सहयोगमा ५०० भन्दा बढी व्यक्तिलाई दाँत लगाइदिन लागेको हो ।
नगरपालिकाले सित्तैमा दात लगाइदिएपछि स्थानीय खुसी भएका छन् ।








प्रतिक्रिया दिनुहोस्