Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


मंगलबार पनि नेप्से झर्‍यो


0
Shares

उतार–चढावबीच यसदिन नेप्से साढे ३ अंक बराबरले झरेर १६ सय ७२ बिन्दू कायम भएर थामियोे ।

मध्याह्नपछि नेप्से बढेर १६ सय ८२ बिन्दू पार गरेपनि पछि ओरालो लाग्दै पुनः ऋणात्मक बनेको हो ।

यसदिन वाणिज्य बैंक, जलविद्युत् र अन्य समूहबाहेक अरु कारोबार भएका सबै समूह सकारात्मक रहेपनि नेप्से घटेकोे हो । यसदिन कारोबार भने अर्ब नाघ्यो ।

यसदिन नेपाल स्टक एक्स्चेन्जमा १ सय ४७ कम्पनीको १४ लाख कित्ता सेयर १ अर्ब १३ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको एक्सचेन्जले जनाएको छ ।