Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


इङ्लिस प्रिमियर लिगमा चेल्सी बलियो, साउथह्याम्पटन पराजित


0
Shares

मंगलबार राती भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ४-२ ले हराएको हो । खेलमा चेल्सीलाई विजयी गराउन डिएगो कोष्टाले दुई गोल गरे भने एडिन हाजार्ड र ग्यारी केहिलले एक–एक गोल गरे ।

पराजित टोली साउथह्याम्पटनका लागि पूर्व चेल्सी खेलाडीहरु ओरियोल रोमेउ र रायन बट्र्रान्डले एक–एक गोल गरेका थिए ।

रातीको जितपछि चेल्सीले प्रिमियर लिगको उपाधि दावेदारी झनै बलियो पारेको छ । लिगमा ३३ खेलबाट चेल्सीको ७८ अंक छ ।

एक खेल कम खेलेको टोटनह्याम हट्सपरको ७१ अंक छ भने ३४ खेलबाट ६६ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा छ ।

प्रिमियर लिग फुटबलमा आज राती तीन खेल हुनेछन् । आज आर्सनल र लेष्टर सिटी भिड्दा मिडिल्सब्रो र सण्डरल्याण्ड तथा क्रिष्टल प्यालेस र टोटनह्याम हट्सपर भिड्नेछन् ।